दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु, तीन जना घाइते


पर्सा । जिल्लाको पोखरीया नगरपालिका–३ स्थित पोखरीया–लंगडी सडकखण्डमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ, भने अन्य तीन जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय पोखरीयाका अनुसार विहीबार ना३प १०२६ र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल चालक सखुवाप्रसौनी गाउँपालिका–५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनी र ना३प १०२६ नम्बरको मोटरसाइकल चालक धोबिनी गाउँपालिका–२ गुलरियाका ३५ वर्षीय ललनप्रसाद कुर्मी रहेका छन् ।

त्यस्तै ना३प १०२६ नम्बरको मोटरसाइकलमा सवार धोबिनी गाउँपालिका–२ का २० वर्षीय रोजदिन मियाँ, प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकलमा सवार सखुवाप्रसौनीका १९ वर्षीय सुपेन राउत र रंजित महतो घाइते भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते सुपेन र राउतको वीरगञ्जको पानीटंकीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै अर्का घाइते रोजदिनको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment