झापाको मेचीनगरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ५ सय ९ जना सम्मानित


झापा । झापाको मेचीनगरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका ५ सय ९ जनालाई सम्मान गरिएको छ । मेचीनगर नगरपालिका—२ नम्बर वडा कार्यालय भृकुटी झापाले विहीबार आयोजना गरेको जग्गादाता तथा बृद्घबृद्घा सम्मान कार्यक्रममा १ सय ४ जना जग्गादाता तथा ४ सय ५ जना बृद्ध—बृद्धा गरी ५ सय ९ जनालाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, विशिष्ट अतिथि नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा सम्मानित सवैजनालाई ढाकाको टोपी, दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए ।

नगर प्रमुख आचार्यले स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि स्थानीय ठाउँको उल्लेखिय विकास भएको र त्यसमा सोहि क्षेत्रका व्यक्तिहरुको सहयोग रहेको हुँदा उनीहरुलाई नगरपालिकाले सम्झेको बताए ।

त्यस्तै उपप्रमुख उप्रेतीले नगरपालिकाले ५ वर्षको अवधिमा गरेका काम र नगरवासीले पाएको लाभका बारेमा चर्चा गर्दै नगरवासीको साथ सहयोग बीना नगरपालिका लक्ष्यमा पुग्न नसक्ने भएका बताइन् । साथै उनले हरेक विकास निर्माणका कामदेखि नगरको शिक्षा, स्वास्थ्य, विद्युतलगायत सबै खाले काममा नगरवासीको साथ सहयोगको आवश्यकता पर्ने बताइन् ।

कार्यक्रममा सम्मानितहरुका तर्फबाट जग्गादाता दौलतविक्रम कार्की र बृद्ध–बृद्धाकातर्फबाट ज्ञानबहादुर तामाङ्गले बोल्दै आफूहरुले गरेको कामको मूल्याङ्कन गरेर नगरले सम्झेकोमा आभारी रहेको बताए ।

मेचीनगर २ का वडाध्यक्ष तिलक न्यौपानेको सभापतित्वमा आयोजना भएको कार्यक्रम वडा सदस्य वेनुकमार राईले स्वागत तथा शिक्षासेवी लम्बोदर पौडेलले सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment