ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु


रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका– ३ मिझिङ लोवाङमा आज भएको ट्र्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा रोल्पा सुनिलस्मृति गाउँपालिका–५ का २० वर्षीय सहचालक खुमे थापा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालक सुनिलस्मृति गाउँपालिका–३ का २४ वर्षीय चालक यमराज विष्ट गम्भीर घाइते छन् ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरबाट वडा नं ६ गजुलकाभ्रातर्फ बालुवा लिएर जाँदै गरेको लु३त ९९६० नंको ट्र्याक्टर दुर्घटनाग्रस्त भएको थियो । ट्र्याक्टर सडकबाट करिब ६० मिटर तल खसेको थियो ।

दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा लगिएकामा सहचालक थापाको बेलुका ६ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता कृष्ण रानाले जानकारी दिए। चालक विष्टलाई थप उपचारका लागि बुटवलतर्फ पठाइएको रानाले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment