एमाले र नेकपा (एस)का सयौं नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश


११ चैत्र सोलुखुम्बु । नेकपा (एमाले)का जिल्ला कमिटी सदस्य एवं प्रदेश पर्यटन बोर्ड सदस्य भीमराज राई, नेकपा (एस)का प्रदेश कमिटी सदस्य जुद्ध बहादुर कार्कीलगायत एमालेका सयौं कार्यकर्ताहरु माओवादी केन्द्र प्रवेश गरेका छन् ।

शुक्रबार जिल्लाको सोताङस्थित शिवटार बजारमा आयोजित एक कार्यक्रममा उनीहरुलाई माओवादी केन्द्रका इन्जार्च तथा प्रतिनिधि सभा सदस्य हेम कुमार राई (शुरवीर)ले स्वागत गरेका हुन् ।

माओवादी केन्द्रको जिल्ला समन्वय समिति संयोजक असिम राईले सयौं नेता–कार्यकर्ताहरु माओवादी केन्द्र प्रवेश गरेको जानकारी गराउँदै भनेका छन्, ‘नेकपा (एमाले) सोलुखुम्बुका प्रभावशाली नेता, २०५४ सालमा एमालेबाट निर्वाचित गाविस उपाध्यक्ष आदरणीय भीमराज राई, ३२ वर्ष एमालेमा बसेर एमालेको सङ्गठनलाई मजबुत बनाउन प्रमुख भूमिका खेल्नु भएका, वैचारिक तथा कुशल सङ्गठक अहिले नेकपा (एस)का प्रदेश कमिटी सदस्य जुद्ध बहादुर कार्कीको नेतृत्वमा युवा संघ सोताङ गाउँपालिका सचिव प्रविण राईसहित सयौं नेता–कार्यकर्ताहरु जनताको गौरवशाली पार्टी माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ ।’


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment