लागूऔषधसहित १० पक्राउ


काठमाडौं । उपत्यकामा विभिन्न स्थानबाट ठूलो परिमाणको अवैध लागूऔषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।लागूऔषधको अवैध कारोबार भइरहको छ भन्ने सूचनाका आधारमा उपत्यकाको विभिन्न स्थानबाट दुई हजार ७०० एम्पुल लागूऔषधसहित १० जनालाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ काठमाडौँ महानगरपालिका १६ बालाजुबाट नुवाकोटका ३८ वर्षीय श्याम गुरुङ, काठमाडौँको नागर्जुनबाट मोरङका सोनाम तामाङ, काभ्रेका सनम राजभण्डारी र बाग्लङका सुवर्ण मल्ललाई पक्राउ गरिएको जनाइएको छ ।

यस्तै पर्सा घर भएकी रङमतीदेवी पटेललाई काठमाडौँको बालाजुबाट एक हजार ६५० एम्पुल लागूऔषधसहित पक्राउ गरिएको छ ।

लागूऔषध कारोबारमा संलग्न सोलुखुम्बुका सबिनकुमार श्रेष्ठ, सर्लाहीका देव शेख, दोलखाका रोशन कुँवरलाई र काठमाडौँको गोकर्णेश्वरबाट सिन्धुलीका प्रकाश जिम्बालाई पनि पक्राउ गरिएको छ । देव शेख र सोनाम तामाङ भने लागूऔषध मुद्दामा दोषी ठहर भई कैद भुक्तानी गरेर छुटेका व्यक्ति हुन् । उनीहरुको विषयमा आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment