बस र हाइस एकापसमा ठोक्किदा १३ जना घाइते, दुईको अवस्था गम्भीर


पाल्पा । तानसेन–तम्घास सडक खण्डको रिब्दीकोट–३ सिरुखर्कमा बस र हाइस एक आपसमा ठोक्किदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
आइतबार दिउँशो करिब ३ः१५ बजे तिर पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको लु १ ख ९७९४ नम्बरको बस र गुल्मीबाट पाल्पातर्फ आउदै गरेको बा ५ ख २२८७ नम्बरको हाइस एक आपसमा ठोक्किदा दुर्घटना हुन पुगेको जिल्ला प्रहरि कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा गुल्मी जिल्ला रेसुङ्गा–४ बस्ने वर्ष ७० का हेमलाल पन्थी र कपिलबस्तु जिल्ला बाढगंगा नगरपालिका बस्ने वर्ष २६ की सरस्वती कुँवर गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै गुल्मी मुसिकोट–२ बस्ने वर्ष २१ की अम्बिका परियार, इस्मा गाउँपालिका–६ बस्ने वर्ष ७१ की दीपकला पोखरेल, पर्सा जिल्ला बीरगन्ज–१६ बस्ने वर्ष १८ का सन्दिप शाह, सोही स्थानका वर्ष १९ का आनन्दकुमार सोनार, गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–४, बस्ने वर्ष २४ का महेश पन्थी ,नवलपरासी बर्धघाट नगरपालिका–५ बस्ने वर्ष १९ का विशाल नेपाली, इस्मा गाउँपालिका ३ बस्ने वर्ष ६७ की शारदा पछाई, सोही स्थानका वर्ष ६८ का प्रेमबहादुर पछाई, गुल्मी रुरु गाउँपालिका ५ बस्ने वर्ष ४० का विष्णुप्रसाद श्रेष्ठ र गुल्मी छत्रकोट गाउँपालिका–२ बस्ने वर्ष २१ का शिव गाहाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिए ।
घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment