नेपाल नगरपालिका संघको २९ औँ वषिकोत्सवमा इलाम नगरपालिका पुरस्कृत


काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय तहलाई स्थानीय सरकार भन्न कुनै आपत्ति नरहेको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तह भन्दा आपत्ति भए स्थानीय सरकार बनाउन सकिने तर यसका लागि दलीय सहमति भने जुट्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले बिभिन्न बिधामा उत्कृष्ट नगरपालिकालाई पुरस्कृत गरेका थिए । नगरपालिका संघले गरेको मूल्याङ्कनबाट संस्थागत विकासतर्फ उत्कृष्ट काम गरेकोमा स्याङ्जाको वालिङ नगरपालिका र पुतलीबजार नगरपालिका पुरस्कृत भएका छन् ।
त्यस्तै सहरी योजना तथा विपद व्यवस्थापनमा उत्कृष्ट काम गरेबापत धादिङको निलकण्ठ नगरपालिका पुरस्कृत भएको छ । वन, वातावरण र जलवायु परिवर्तन तथा उत्थानशीलताको क्षेत्रमा इलाम नगरपालिका पुरस्कृत भएको छ ।
त्यस्तै स्थानीय स्रोत परिचालन गरेर स्थानीय आर्थिक विकास गर्नेमा सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट भएको भने सामाजिक विकासको विधानमा रुपन्देहीको तिलोत्तमा नगरपालिका र चितवनको राप्ती नगरपालिका उत्कृष्ट भएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment