आगलागीबाट ५० लाख क्षति


चरिकोट,  १२ चैत्र: दोलखा कालिन्चोक गाउँपालिका–५ लापिलाङमा आज बिहान भएको आगलागीबाट विकास थापा, कृृष्णबहादुर थापा र ईश्वर थापाको घर जलेर पूर्ण रुपमा नष्ट भएको वडाध्यक्ष सुवास थामीले बताउनुभयो ।
खाना पकाउन बालिएको ठाउँबाट सल्किएको आगोले भूकम्पपछि पूर्ण निर्माण गरिएको तीनवटै घर र सामग्री जलेर नष्ट भएको छ ।
भीमेश्वर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । बाक्लो गाउँ भएको र घरहरुसँगै जोडिएर निर्माण गरिएकाले एक घरमा सल्किएको आगोले अन्य घरसमेत जलेर नष्ट भएको छ ।
आगलागीबाट तीनवटा घरसहित घरमा भएको सामग्रीहरु जलेर करिब ५० लाखभन्दा बढीको क्षति भएको वडाध्यक्ष थामीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment