‘ग्याल्पो ल्होसार’को अवसरमा भोलि सार्वजनिक विदा


काठमाडौं १८ फाल्गुन । सरकारले शेर्पालगायत अन्य उच्च भू-भागमा बसोबास गर्ने बौद्धमार्गी समुदायको विशेष पर्व ‘ग्याल्पो ल्होसार’को अवसरमा भोलि (विहीबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
बुधबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै फागुन १६ गते बसेको मन्त्रिपरिषदको बैठकले ग्याल्पो ल्होसारको अवसरमा देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघ–संस्थामा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएको हो ।
हिमाली क्षेत्र आसपासमा माटोहरूलाई खोस्रँदै, चौरी पाल्ने अनि मौसमसँग पौंठे जोरी खेल्ने हिमाली चिसो स्याँठमा हुर्किएका शेर्पालगायत अन्य उच्च भू–भागमा बसोबास गर्ने बौद्धमार्गी समुदाय भोलि ग्याल्पो ल्होसार मनाउँदैछन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment