ट्रयाक्टरको ठक्करबाट गढीका हरिलालको मृत्यु


सुनसरीः सुनसरीको गढी गाउँपालिका ६ मा ट्रयाक्टरको ठक्करबाट १ जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी ६ का ७० बर्षीय हरिलाल मगरदैता रहेका छन् ।
मंगलबार राती ९ बजे प्रदेश १-०२-००३ त नम्वरको ट्रयाक्टर पछाडी सार्ने क्रममा राज जानकी मन्दिर परिषरमा बसिरहेको अवस्थामा ट्रयाक्टरको डालाले ठक्कर लागि घाईते भएका मगरदैताको उपचारको क्रममा बिराटनगर स्थित बिराटनर्सिङ होम अस्पतालमा मृत्यु भएको हो । सवारी दुर्घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment