मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु




१८ फागुन, वीरगञ्ज । बारामा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट घाइते भएकी वृद्धाको मृत्यु भएको छ । बारा कोल्हबी नगरपालिका ६ अधन्वा बस्ने करिब ८३ वर्षीया भोलिया देवी थरुनीको मृत्यु भएको हो ।
मंगलबार साँझ ७ बजे पैदल हिँडिरहेको बेलामा ना६४प ७२४ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित सुर्या अस्पतालमा ल्याइएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment