कांग्रेस घोषणा–पत्र तयारी समितिको संयोजकमा महामन्त्री थापा


काठमाडौं १० चैत्र। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’को संयोजकमा महामन्त्री गगनकुमार थापालाई मनोनित गरेका छन् ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार सभापति देउवाले उनलाई समितिको संयोजकमा आज मनोनयन गरेका पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment