चिनियाँ विदेशमन्त्री भारत भ्रमणमा


एजेन्सी ११ चैत्र। चीनका विदेश मन्त्री वाङ यी भारत भ्रमणमा आउनु भएको छ । भ्रमणका क्रममा उहाँले शुक्रबार सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नु भएको समाचारमा जनाइएको छ ।
उहाँले भारतीय समकक्षी एस जयशंकरसँग प्रतिनिधि मण्डल सहित हैदरावाद हाउसमा भेटवार्ता गर्नु भएको छ । त्यसअघि उहाँले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग उहाँकै कार्यालय साउद ब्लकमा भेटवार्ता गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।
दुवै जनासँगको भेटवार्ताका क्रममा विदेशमन्त्री यीले दुई पक्षीय हित, आपसी सहयोग तथा सहकार्य र साझा चासोका बारेमा कुराकानी गर्नु भएको थियो ।
भारत र चीनबीचको सम्बन्धलाई अझ मजबुत, सुमधुर बनाउँदै सहकार्यका क्षेत्र तथा दायरा बढाउने बारेमा पनि उहाँहरूले छलफल गर्नु भएको जनाइएको छ ।
विभिन्न देशको भ्रमण गर्ने क्रममा उहाँ बिहीवार बेलुका भारतको संघीय राजधानी नयाँ दिल्ली आइपुग्नु भएको हो ।
यही वर्ष चीनको राजधानी बेइजिङमा हुन लागेको ब्रिक्सका लागि निमन्त्रणा दिन चिनियाँ विदेश मन्त्री यी भारत आउनु भएको जनाइएको छ ।
भारत आउनु अघि उहाँले पाकिस्तानको राजधानी इस्लामावादमा भएको इस्लामिक सहयोग संगठन ९ओआइसी० को बैठकमा सहभागी हुनुभएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment