इलामकाे माईमा र्दुव्यसनविरुद्ध सडक सचेतना र सडक नाटक

  • विमल दहाल, 

माई,  ११ चैत्र । युवा शसक्तीकरण नगर सञ्जालको आयोजना, माई नगरपालिकाको आर्थिक सहयोग र नेपाल प्रहरीको सहकार्यमा माईका लागू औषध र्दुव्यसनविरुद्ध सचेतना र सडक नाटक सम्पन्न भएको छ ।
माई नगर भित्रका सबै मावि स्कूल र हाटबजारमा विगत २ हप्ता अघिबाट संचालित लागू औषध बिरुद्दको सचेतना तथा सडक नाटक फर्मुलाको समापन माई–२ को कन्काई माविमा गरिएको थियो ।
ईलाम प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठको सहजिकरणमा सम्पन्न समापन कार्यक्रममा दुर्वेशन, यसको असर, कानुनी सजाय र दुर्बेसनी मुक्त समाज निर्माणमा युवाको भुमिका लगायत विषयमा जानकारी गराईएको थियो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सम्पन्न सचेतना कार्यक्रमको अध्यक्षता सञ्जाल अध्यक्ष दीपेन्द्र सुब्बा ‘सङ्गम’, प्रमुख अतिथि माई मेयर दीपक कुमार थेवे, विशेष अतिथि उपमेयर विष्णुमाया रिमाल आचार्य, अतिथिहरु प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी, कन्काई प्रअ हरिप्रसाद पौड्याल, माई काङ्ग्रेस सचिव दिवाकर सिंह, एमाले माई अध्यक्ष खम्बा सिंह लिम्बू, माओबादी केन्द्र माई अध्यक्ष धनकुमार लिम्बू, नेकपा(एस) माई अध्यक्ष अनिल तामाङ, जसपा नेपाल माई अध्यक्ष टुपेन्द्र एक्तेन,वडा अध्यक्षहरु मनबहादुर बस्नेत, मुखराज आङदेम्बे र पदम फागो लगायत रहनु भएको थियो।
कन्काई माविमा अध्यनरत विद्यार्थीहरु लगायत अभिभावकको व्यापक उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको औचित्य युवा सञ्जाल उपाध्यक्ष बुद्ध राज लिम्बूले, स्वागत सम्झना केरुङ र सञ्चालन सचिव पवित्रा बुर्जा मगरले गर्नु भएको कार्यक्रम यस अघि माई -५ को थाक्ले, माई -४ को शुक्रबारे बजार,जनता मावि चिसापानी, सिंह आदर्श आवि बगैंचा, चिसापानी सोमबारे बजार, हिमालय मावि लुम्बक, युवा वर्ष मावि सन्धुवा, माई -६ को बिहिबारे,७ को वीरेन्द्र मावि र ८ को लक्ष्मी आदर्श माविमा लोदीयामा सम्पन्न गरिएको थियो ।
लोदिया प्रहरी चौकी इन्चार्ज पदम सुन्दर लिम्बूले सहजीकरण गर्नु भएको थियो । कलाकारहरुद्वारा लागू औषधको प्रयोगले हुने हानि र जोगिने उपाय, लागूऔषध विरुद्ध जनचेतनामुलक सडक नाटक मन्चन र सञ्जालले दुर्वेशन मुक्त समाज निर्माणको कार्यमा अगुवाई गरिरहेको छ । सडक नाटक मार्फत युवालाई गलतवाटोमा हिड्दा भबिश्य अन्धकार रहने भन्दै दुर्बेशनको कुलतमा नफस्न र लत बसाई हालेको भए सुधार गर्न मार्मिक कथा वस्तुमा नाटक मञ्चन गरिएको थियो ।
सडक नाटकमा बुद्धराज योङहाङ,प्रियंका मगर,निर्जला बस्नेत,करुणा चौहान,इन्द्रहाङ नेम्वाङ,सुदिप राई,रोशन योङहाङ,रञ्जित तामाङ, हेलिना बराइली, आशिका योङहाङ र विशाल श्रेष्ठले शसक्त भूमिका निर्वाह गर्दै लागू औषध विरुद्धमा सङ्गत रहर लगायतले युवा पिढी कुलतमा फस्ने हुनाले सतर्क रहनु पर्ने अभिनय मार्फत प्रस्तुत गरेएको स्थानीय संचारकर्मी हरि असिमले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment