साँखेजुङ गोल्डकपः रेडहर्स इलाम फाइनलमा प्रवेश


इलाम, ११ चैत्रः गोल्डकपमा आज दोस्रो सेमिफाईनल खेलमा स्वतन्त्र युवा क्लब रानीटार पाँचथरलाई हराउँदै रेड हर्स फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।  नेपालटार माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा निर्धारित समयको खेलमा २–२ को बराबरी भए पछि टाइव ब्रेकरमा रेडहर्सले स्वतन्त्र युवा क्लबलाई ५–४ले हराएको हो  । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा  रत्न गिरी टुर एण्ड ट्रावल्स पशुपतिनगरले जीत निकाल्दै फाइनलमा प्रवेश गरेको छ । रेडहर्स र पशुपतिनगर उपाधिकालागि १३ गते एक आपसमा भिड्ने छन् । 

आजको खेलमा रेडहर्सका पासाङ शेर्पा मेन अफ दि म्याच भए । 

वडा खेलकुद विकास समितिको आयोजनामा हुनलागेको गोल्डकपलाई वडा कार्यालयले २ लाख ५० हजार सहयोगमा सञ्चालित प्रतियोगितामा  विजेताले १ लाख २२ हजार २२२ रुपयाँ, मेडल तथा ट्रफि पाउने छ भने उपविजेताले ७० हजार २२२ रुपिया मेडल तथा ट्रफि पाउँने छ । प्रत्येक खेलमा मेन अफ दि म्याज पुरस्कार र गोल्डकपको उपाधि सँगै  खेलाडीले व्याक्तिगत प्रदर्शनको आधारमा वेस्ट स्कोर र  वेस्ट प्लेयर अफ दि टुर्नामेन्टको पुुरस्कार तथा ट्रफि पाउने आयोजक समितिका उपाध्यक्ष कुबेर लुईटेलले वताए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment