खोलामा डुबेर बालकको मृत्यु


उदयपुर  ११ चैत्र। उदयपुरको त्रियुगा खोलामा डुवी बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको हल्दीवारी घर भई त्रियुगा नगरपालिका–७ मा बस्दै आएका गौरबहादुर मगरको ५ बर्षीय छोरा निस्पल मगर रहेका छन् ।
खेल्ने क्रममा घर नजिकै रहेको त्रियुगा खोलामा डुवीरहेको अवस्थामा आमाले फेला पारी उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगेकोमा उपचारको क्रममा मगरको मृत्यु भएको हो ।
घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment