लघुकथा:-भेडा

  • कोषवल्लभ रेग्मी 

 

शिक्षा,स्वास्थ्य ,उन्नत कृषि, खानेपानी ,बाटो,पुल,कुलो,रोजगारी ,राहत आदि जस्ता नारा र आश्वासनले गर्दा उसले विगतको चुनाव जितेको थियो।
  तर ती उसका प्रतिवद्धता पुराहुने त कुरै छाडौं त्यसको बदलामा उसले गाउँमा मात्रै नभएर शहरमा समेत बडेमानको महल ठडाएको थियो।छोराछोरीलाई विदेशी तथा स्वदेशी महङ्गा नाम चलेका स्कुलमा पढाएको थियो।भाइ,भतिज,साला आफन्त आदिलाई विभिन्न ओहदाको जागिरे देखि ठुलाठुला ठेकापट्टा दिलाउन सफल भएको थियो ऊ।
     नेता जनकलालको यो चाला सबैलाई थाहा नभएको होइन।ऊ प्रतिको उनीहरूको विश्वास पुरै ह्रास भैसकेको भान हुन्थ्यो।"...एक माघले जाडो जादैन जनकलाल!अर्को चुनाव त आओस् देखाइदिन्छौं!!"-सबैले यसै भन्थे।
   पाँच बर्षको कार्यकाल सकियो।सरकारले पुनः आगामी वैशाखमा चुनाव घोषणा गर्यो।चुनावी माहोल तातिसकेको थियो।नेता जनकलालले पुनः उमेदवारि दियो।उसले एक चुनावी सभाको आयोजना गर्यो -"....आदरणिय जनसमुदायहरु!!!मेरा पहिलाको प्रतिवद्धताहरु पुराहुन बाँकी छ।आज सम्म ती सबै कार्यक्रमहरु मैले टेवलगरि सम्बन्धित निकायमा पेशगरिसकेको छु।अब मलाई यहाँहरुको अमूल्य मत प्रदान गर्नुभयो भने म ती सबै कार्यक्रमहरु पुरागर्न सफल हुनेछु।अरु कोही आएमा सबै कार्यक्रम परिवर्तन भइ विकासको गतिमा सुस्तता हुनेछ।अब विकास चाहनुहुन्छ कि विकासमा अवरोध!यो कुरा तपाईंहरुको हातमा छ।विश्वास छ यहाँहरुको साथ मलाई रहनेछ भन्ने विश्वासका साथ विदा लिन्छु।जय मेरा जनता!!!!
उनले भाषण गरिसक्दा नसक्दा भिडको एक जमातले "....हाम्रो नेता जिन्दावाद !!!भोट केमा घैंटोमा..!!"-भन्दै उसकै पक्षमा नाराबाजी गर्नथाले।
  त्यही भिडको अर्को सानो जमातबाटभने यस्तो आवाज आइरहेको पनि सुनियो  "-.....फेरि आज पनि यस छट्टु नेताले हामी जनतालाई "भेडा"बनायो!"
देउमाई न पा ७ इलाम।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment