इलामकाे फाकफोकथुमा कोरियाका लागि कामदार छनौटको बिषयमा युवाहरू आन्दोलित

  • लिला सुब्बा 

इलाम ५  चैत्र।दक्षिण कोरियामा मौसमी कामदार लागि फाकफोकथुम गाउँपालिकाले नातावाद कृपावाद लादेको भन्दै युवाहरु आन्दोलित बनेका छन् । स्थानीय नागरिकहरुबाट निवेदन लिएपनि मापदण्ड पुरा नगरी बन्द कोठामा मनोमानी ढंगबाट नजिकका मान्छे छानेको भन्दै आन्दोलित बनेका हुन् ।
उनीहरुले विज्ञप्ति जारी गर्दै पालिकामा धर्ना समेत दिएका छन् ।  पालिकाले मनोमानी ढंगबाट निवेदन लिई छिमेकी जिल्ला झापाको विर्तामोडमा मेडिकल रिपोर्ट बनाउन बोलाइएको प्रति आपत्ती जनाउँदै यस्तो कार्यप्रति खेद प्रकट गरेका छन् । उनीहरुले सो कार्यको खारेज गरि निष्पक्ष र पारदर्शी ढंगले योग्य उम्मेद्वार छान्नु पर्ने माग राख्दै पुनः छनौट प्रक्रिया अघि बढाउन गाउँपालिकालाई अपिल गरेका छन् ।


मागलाई वेवास्ता गरेमा थप चरणबद्ध आन्दोलन गर्ने खबरदारी गरेका छन् । विज्ञिप्तमा विभिन्न राजनैतिक दलमा आबद्ध स्थानीय २ दर्जन भन्दा धेरै युवाहरुले हस्ताक्षर गरेका छन् । यता गाउँपालिका उपाध्यक्ष सरस्वती राई, प्रमुख प्रशासकिय अधिकृत शिवनाथ यादव र वडाध्यक्ष हरि दंगालीले संयुक्त हस्ताक्षर गर्दै अधिकांश युवाहरुले छनौट प्रक्रियामा असन्तुष्टी जनाएकाले तत्काल सो कार्य स्थगन गरि आगामी कार्यपालिकामा छलफल गरेर सहमती निकाल्ने बताएका छन् ।
इलामको फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको एन्जे काउन्टी नगरपालिका बिच द्विपक्षिय सहयोग आदान–प्रदान गर्दै भागिनी सम्बन्ध कायम गर्न गत पुषमा सम्झाैता भएको थियो ।  काठमाडौँको होटल एमबास्डर लैनचौरमा गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठ र दक्षिण कोरियाको एन्जे काउन्टी नगरपालिकाका मेयरले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार गाउँपालिकाका बेरोजगार युबाहरु दक्षिण कोरियाको एन्जे काउन्टी नगरपालिकामा कृषि कामदारको रुपमा जान पाउने जनाइएको छ ।
लाेकल सन्देशबाट 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment