झापामा २७६४ म्यादी प्रहरी भर्ना गरिने


बिर्तामोड । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसंगै मुलुक निर्वाचनमय बन्न थालेको छ । निर्वाचनको तयारी स्वरुप झापामा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ ।


स्थानीय तह निर्वाचन २०७९ का लागि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
झापाका लागि दुई हजार सात सय ६४ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रहरी नायब उपरीक्षक पाठकले बताए । छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ । अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने भए पनि पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ ।
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक रु ३० हजार दुई सय ४० पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत सात हजार दुई सय, पोसाक र अन्य खर्च गर्ने गरी छ हजार, यातायात खर्चबापत एक हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
छनोट प्रक्रिया भने १५ चैतदेखि प्रारम्भ हुने, नतिजा २२ चैतसम्म प्रकाशन गरिने र २८ गतेदेखि प्रशिक्षण शुरु गरिने भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment