इलाममा अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा र्‍याली


इलाम, २४ फाल्गुनः ११२ औं अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा इलाममा र्‍याली निकालीएको छ । इलामको ठूलो टुँडिखेलबाट शुरु भएको र्‍यालीले बजार परिक्रमा गरेर चोकबजारमा कोणसभामा परिणत भएको थियो । नगर महिला समन्वय समितिले आयोजनागरेको कार्यक्रममा महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो । 
आज विश्वभर विविध कार्यक्रम गरी आज अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदैछ ।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment