टहराभित्र धारिलो हतियारले घाँटी काटेर परालले छोपेको अवस्थामा एक महिलाको शव फेला


भक्तपुर २४ फाल्गुन। धारिलो हतियारले घाँटी काटेर परालले छोपेको अवस्थामा एक महिलाको शव फेला परेको छ । चाँगुनारायण नगरपालिका वडा नं ७ स्थित बागरेमा टहराभित्र उक्त शव फेला परेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार तरकारी खेती गरिँदै आएको जग्गामा रहेको एक टहराभित्र अन्दाजी ३५–४० वर्षीया महिलाको शव फेला परेको हो । महिलाको पहिचान हुन सकेको छैन । शव परालले छोपेर राखिएको घाँटी अगाडि भागमा गहिरो चोट लागेको अवस्थामा फेला परेको हो ।
उक्त खबर पाएसँगै गएराति पौने १० बजेतिर महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको एसपी शिव कुमार श्रेष्ठको टोली घटनास्थल पुगेको थियो । टोलीले घटनास्थल तथा लासजाँच प्रकृति मुचुल्का गरी शवलाई पोष्टमार्टमका लागि दुवाकोटमा रहेको केएमसी अस्पताल पठाएको छ । घटनाबारे सुक्ष्म रुपले अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment