स्थानीय चुनावको तयारीमा खट्न प्रधानमन्त्री देउवाको निर्देशन


काठमाडौं २४ फाल्गुन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तयारीमा खट्न निर्देशन दिएका छन् ।
मंगलबार सानेपामा बसेको उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकमा देउवाले कांग्रेसले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा जुट्न निर्देशन दिएका हुन् ।
देउवाले स्थानीय तह निर्वाचन केन्द्रित घरदैलो अभियान सञ्चालनमा क्रियाशिल हुन आवश्यक निर्देशन दिएका कांग्रेस नेता मोहन बस्नेतले जानकारी दिए । नेता बस्नेतले कांग्रेसले मात्रै जनता र देशका लागि इमान्दारीपूर्वक काम गर्ने प्रभाव मुलुकभर परेको दाबी गरे ।
कांग्रेसले २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment