इलामको पर्यटन व्यवसायलाई चलयमान बनाउन केचना–कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सव


इलाम, १४ चैत्रः इलाममा  आगामी चैत २५ गते देखि वैशाख २ सम्म  ‘केचना कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सव २०७८’ आयोजना गरिने भएको छ । नेपाली सेनाको स्वमित्वमा रहेको इलमको ठूलो टुँडीखेलमा मोहत्सव लागाउने आयोजक समितिले जानकारी गराएको छ । खेलकुदको लागि मात्र प्रयोग हुँदै आएको टुँडिखेल केही वर्ष यता मेला महोत्सवमा पनि प्रयोग हुँदै आएको छ । यस्ता महोत्सवले इलाममा वैकल्पीक खेल मैदन नभएसम्म खेलकुद गतिविधि शुन्य जस्तै हुने छन् ।

मूल आयोजक संस्था केचना कञ्चनजंघा पर्यटन विकास समितिले आइतबार सरोकारवाला संस्था र व्यक्तिहरुसँग छलफल गर्दै महोत्सवलाई प्रभावकारी ढंगले सफल बनाउन सुझाव समेत मागेको छ । 
मेची कोरिडोर भित्र पर्ने नेपालकै होचो भू–भाग केचना देखि उच्च स्थान कञ्चनजंघा हिमाल सम्मका पर्यटकीय गन्तव्र्यहरुको प्रचार–प्रसार गर्दै यी चार जिल्लाका हरेक पालिकामा भएका पर्यटकीय गन्तव्र्यलाई एकै ठाउँमा राखेर जानकारी गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले बताए ।
इलामको ठूलो टुँडीखेलमा आयोजना गर्नलागिएको महोत्सवमा चार जिल्लाका ४२ पालिकाका आ–आफ्नै स्टल र नीजि क्षेत्रका स्टलहरु ७० राखिने छ । ‘यी चार जिल्लामा बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषीहरुको संस्कृति उनीहरुको रहनसहन, रितीरिवाज, उनीहरुका परिकार, यहाँको कृषि उत्पादन, कृषि पर्यटन पनि महोत्सवका मुख्य आकर्षण हुनेछन् ।’
कार्यकारी निर्देशक द्यौरालीले भने ‘यी बाहेक चलचित्र सम्बन्धी विभिन्न तालिम तथा अन्तक्र्रिया, साहित्यिक कार्यक्रम, रमाइलो मेला लगायतका विषयहरु पनि समेटिने छ ।’ यसैगरि चार जिल्लाका सबै पालिकाका प्रमुखहरु बीच आ–आफ्ना पर्यटकीय क्षेत्रका विषयमा छलफल समेत चलाइने छ । यस्तै मेची कोरिडोरमा छायांकन गरिएका नेपाली चलचित्रहरुलाई पनि समावेश गरिएको छ ।
नेपाली चलचित्रका विषयमा पनि छलफल चलाइ रहंदा मेची कोरिडोरमा चलचित्र छायाकंन गर्न सकिने स्थानहरुको फोटो प्रर्दशनी, चलचित्र निर्माण, अभिनयलगायतका विषयलाई समेत पनि महोत्सवमा समावेश गर्ने प्रयास भइरहेको बताइएको छ । कार्यक्रमलाई कसरी सफल पार्न सकिन्छ भन्ने विषयमा लोक गायक देवी गौतम, पूर्व शिक्षक जयनारायण भट्टराई, कमल सुवेदी, टोनी वर्देवा, कमल नेपाल, अनुजा सुवेदी, सुनिता कर्मचार्यलगायतले सुझाव राखेका थिए
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment