नेपाल सुपरलिग अक्सनः धेरै खर्च गर्नेमा धनगढी, कम खर्च गर्ने इलाम


इलाम, २१ फाल्गुनः फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिगको दोस्रो संस्करणको लागि शुक्रबार सम्पन्न अक्सनमा धनगढी एफसी सबैभन्दा धेरै खर्च गर्ने टिम बनेको छ । यस्तै एनएसलको नयाँ टिम स्पोर्टिङ इलाम डि मेची सबैभन्दा कम खर्च गर्ने टिम बनेको छ ।


नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा आगामी २६ चैत देखि सुरु हुने एनएसएलको राजधानीको सोल्टी होटलमा भएको अक्सनबाट सहभागि १० वटै टिमले १५÷१५ खेलाडी अनुबन्ध गरेका छन् ।
यस पटक साविक विजेता काठमाडौं रेजर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी तथा थपिएका तीन नयाँ टिम झापा एफसी, वीरगंज युनाइटेड र स्पोर्टिङ इलाम डी मेची गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
अक्सनमा हरेक टोलीले कम्तीमा १८ लाख खर्च गर्नुपर्ने थियो भने बढीमा २५ लाख सम्म खर्च गर्न पाउने प्रावधान राखिएको थियो । जसमध्ये साविक उपविजेता समेत रहेको धनगढीले २४ लाख रकम खर्च गर्दै १५ खेलाडी अनुबन्ध गर्‍यो । धनगढीले जम्मा १ लाख मात्र अक्सनबाट बचाएको छ ।
यस्तै धनगढीपछि नयाँ टिम झापा एफसीले २३ लाख ६० हजार खर्च गर्‍यो । त्यसपछि बुटवल लुम्बिनीले २३ लाख ५ हजार र पोखरा थण्डर्सले २३ लाख खर्च गर्‍यो ।
अर्को नयाँ टिम वीरगंज युनाइटेडले २२ लाख ९० हजार खर्च गर्दा ललितपुर सिटी एफसीले २२ लाख ७० हजार खर्च गर्‍यो । यसैगरी नयाँ टिम स्पोर्टिङ इलामले भने सबैभन्दा कम १८ लाख ५० हजार मात्र खर्च गर्दै सबैभन्दा धेरै ६ लाख ५० हजार बचायो ।
यस्तै एफसी चितवनले १९ लाख खर्च गर्दै ६ लाख बचायो । साविक विजेता काठमाडौं रेजर्सले २० लाख ५० हजार र विराटनगर सिटी एफसीले २० लाख १० हजार खर्च गर्‍यो ।
पहिलो संस्करणको अक्सनमा १५ लाख ५० हजारसम्म खर्च पाउने र त्यसबाट १४ खेलाडी लिनुपर्ने थियो । यसपटक भने अनुबन्ध गर्ने खेलाडीको संख्या पनि बढ्यो । समा १८ खेलाडी सबैभन्दा महँगा मूल्यमा अनुबन्ध भए । त्यसमा पनि १० खेलाडी भने गोल्डेन बजरमार्फत टिममा अनुबन्ध भए ।

यो पनि पढ्नुहोस
एनएसएल अक्सनमा बिकेनन् भरत र अभिषेक
धेरै खर्च गरेको धनगढीले ए क्याटेगोरीबाट सिमान्त थापा, पुजन उपरकोटी, आकाश बुढम मगर र नवयुग श्रेष्ठलाई अनुबन्ध गर्‍यो । सिमान्त, पुजन र आकाशलाई सर्वाधिक ३ लाख ५० हजार खर्चेको धनगढीले नवयुगलाई विसलिस्टबाट १ लाख ५० हजारमै अनुबन्ध गर्‍यो । घुँडाको चोटको कारण ए डिभिजन लिग गुमाएका नवयुग शल्यक्रियापछि पुनरागमन गर्ने तयारीमा छन् ।
बी क्याटेगोरीबाट शिशिर लेखी, प्रशान्त अवस्थी, राजु योगी, रुपेश केसी, प्रवेश कुँवर, टंक बहादुर बस्नेत, सी क्याटेगोरीबाट अमृत श्रेष्ठ, रबि थिङ, सुशान श्रेष्ठ, दिलेन लोक्तान र पासाङ लामालाई अनुबन्ध गर्‍यो ।

धनगढीले सुशान्त श्रेष्ठलाई ५० हजारमा अनुबन्ध गर्दा अरु सबै खेलाडीको मूल्य लाख भन्दा माथिको रहेको छ । यसैगरी सबैभन्दा कम खर्चे गरेको इलामले गौतम श्रेष्ठलाई मात्र सर्वाधिक ३ लाख ५० हजार खर्चियो भने एक्याटेगोरीकै जीवन गुरुङ, अभिषेक बराल र निरज चौधरीलाई आधार मूल्य १ लाख ५० हजारमै पायो ।
इलामले यसबाहेक क्याटेगोरी ‘बी’बाट विवेक बस्नेत, अशोक थापा, करण रावत, दिपेश बले मगर, दिपेश घले र हेमन्त श्रेष्ठ तथा क्याटेगवरी सी बाट दिवाकर चौधरी, युवराज खड्का, आशिष राई, निशान्त थापा र साजन राईलाई अनुबन्ध गर्‍यो ।
अक्सनमा क्याटेगोरी ए बाट ४९ तथा क्याटेगोरी बी र सी बाट समान १०० खेलाडी सुमावेश थिए । २४९ मध्ये १५० खेलाडी मात्र अक्सनबाट विभिन्न टिममा अनुबन्ध भए ।
राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ र रोहित चन्द भने हाल विदेशी लिग खेलिरहेकाले अक्सनमा समावेश थिएनन् । अक्सनमा फ्रेन्चाइज टिमका मालिक, मार्की खेलाडी र प्रशिक्षक बसेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment