युक्रेन भन्छ – ‘रुसी आर्मी बलिया छैनन् तर धेरै संख्यामा छन्, युक्रेन छिरेका सबैलाई सिध्याउछौँ’


काठमाडौं २१ फाल्गुन। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार एलेक्सी एरिस्तोविकले रुसबिरुद्धको युद्धमा आफूहरुले सफलता पाइरहेको दावी गरेका छन् ।

उनले सामाजिक संजालमा आफ्नो पोष्ट सार्वजनिक गर्दै विशेष पूर्वयोजना भएकाले अप्रत्यासित सफलता मिलेको उल्लेख गरेका छन् ।
उनले युक्रेनका राष्ट्रपतिले युद्ध नायकका रुपमा देशको नेतृत्व गरिरहेको पनि उल्लेख गरेका छन् । ती सल्लाहकारले युक्रेनले रुसको रणनीति र उसको कारवाहीका कारण गर्ने प्रभावहरुका बारेमा बुझेर अघि बढी रहेको जनाएका छन् ।
युक्रेनको सुरक्षा दस्ता र नागरिकहरुको सहयोग र हौसलाका कारण हालसम्म रुसी कारवाहीको सजिलै सामना गरिरहेको पनि उनले उल्लेख गरेका छन् जसका कारण रुसी युद्ध मेसिनहरुलाई नै पिस्दै आएको सल्लहकार एलेक्सी एरिस्तोविकको भनाइ छ ।
युक्रेनको अध्ययन तथा बुझाइ अनुसार रुसी आर्मी बलियो छैन, मात्रै ठूलो संख्या मात्रै हो। रुसको आक्रमणविरुद्ध युक्रेनले पाइरहेको सफलताप्रति आश्चार्य नमान्न विदेशी सुरक्षा अधिकारीहरुलाई आग्रह समेत गरेका छन् ।
रुसले गरेको पूर्ण आकारको आक्रमणको तयारी निकै कम स्रोत र समयमा आफूहरुले गरेको पनि युक्रेनले जनाएको छ ।
सल्लाहकार एलेक्सी एरिस्तोविकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका ८० प्रतिशत सुरक्षा गार्डहरु युक्रेनमा रहेको दावी गर्दै ती सुरक्षा गार्डहरुलाई युक्रेनमै सिध्याउने उनले अठोट गरेका छन् ।
उनले भनेका छन्, ‘पुटिनका ८० प्रतिशत आर्मी (युक्रेन)मा छन् । हामीले उनीहरुलाई यहिँ गाड्ने छौँ।’
रुसले युक्रेनबिरुद्ध १० दिन देखि कारवाही जारी राखेको छ । युक्रेनपनि रुसको कारवाही डटेर सामना गरिरहेको छ । रुसले युक्रेनको प्रमुख सहरहरु लक्षित कारवाही गरिरहेको छ । युद्धमा धेरै जनधनको क्षति भइरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment