इलामको रोङमा भिरबाट लडेर एक महिला गम्भिर घाईते


इलाम, २० फाल्गुनः इलामको रोङ गाउँपालिकामा  एकमहिला भिरबाट लडेर घाईते भएकी छन् । घाईते हुनेमा सूर्योदय नगरपालिका ४ मा घरभई रोङ ६ कुवापानीमा माईतीमा रहेकी ३३ बर्षका दुर्गा ढोली रहेकी छन् ।

माइती आमा वुवासँगै नागरिकताको लागि कागजात लिन  वडा न ६ को कार्यलयमा सेवा लिन गएकी ढोलि  फर्कदै गर्दा  जिर्मलेमा सडकबाट करिव ३० मिटर तल खसेकी हुन्।आमा सगै रहेको कारण तत्काल स्थानिय बासिहरुले उद्दार गरि भद्रपुरमा उपचारको लागि पठाईएको छ । उनको अनुहार र शरिरमा चोट देखिएको प्रहरी चौकि जिर्मलेका प्रहरी सहायक निरिक्षक षडानन्द सापकोटाले बताए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment