साँखेजुङ गोल्डकपः तीनघरेलाई हराउँदै पशुपतिनगर फाइनलमा प्रवेश


इलाम, १० चैत्रः गोल्डकपमा आज भएकाे पहिलो सेमिफाईनल खेलमा रत्न गिरी टुर एण्ड ट्रावल्स पशुपतिनगरले जीत निकाल्दै फाइनलमा प्रवेश गरेको छ । पशुपतिनगरले  न्युभिजन युथ क्लव तीनघरेलाई २–१ ले पराजित गर्दै फाइनलमा आफ्नो स्थान शुरक्षित गरेको हो ।
फाइनल प्रवेसको  नेपालटार मावीको खेलमैदनमा भएको आजको खेलको मेन अफ दि म्याच पशुपतिनगरका सेखर राई भए । 
वडा खेलकुद विकास समितिको आयोजनामा हुनलागेको गोल्डकपलाई वडा कार्यालयले २ लाख ५० हजार सहयोगमा सञ्चालित प्रतियोगितामा  विजेताले १ लाख २२ हजार २२२ रुपयाँ, मेडल तथा ट्रफि पाउने छ भने उपविजेताले ७० हजार २२२ रुपिया मेडल तथा ट्रफि पाउँने छ । प्रत्येक खेलमा मेन अफ दि म्याज पुरस्कार र गोल्डकपको उपाधि सँगै  खेलाडीले व्याक्तिगत प्रदर्शनको आधारमा वेस्ट स्कोर र  वेस्ट प्लेयर अफ दि टुर्नामेन्टको पुुरस्कार तथा ट्रफि पाउने आयोजक समितिका उपाध्यक्ष कुबेर लुईटेलले वताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment