साँखेजुङ गोल्डकपः फाइनल प्रवेशको लागि इलाम र पाँचथर भिड्दै


इलाम, ११ चैत्रः गोल्डकपमा आज दोस्रो सेमिफाईनल खेल स्वतन्त्र युवा क्लब रानीटार पाँचथर र रेड हर्स फुटबल क्लब नेपालटार माध्यमिक विद्यालयको खेलमैदानमा दिउँसाे १ः३० बजे  फाइनल प्रवेशको लागि भिड्ने छन् । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा  रत्न गिरी टुर एण्ड ट्रावल्स पशुपतिनगरले जीत निकाल्दै फाइनलमा प्रवेश गरेको छ । आजको विजेताले उपाधिका लागि पशुपतिनगरसँग फाइनल खेल खेल्ने छ ।  

वडा खेलकुद विकास समितिको आयोजनामा हुनलागेको गोल्डकपलाई वडा कार्यालयले २ लाख ५० हजार सहयोगमा सञ्चालित प्रतियोगितामा  विजेताले १ लाख २२ हजार २२२ रुपयाँ, मेडल तथा ट्रफि पाउने छ भने उपविजेताले ७० हजार २२२ रुपिया मेडल तथा ट्रफि पाउँने छ । प्रत्येक खेलमा मेन अफ दि म्याज पुरस्कार र गोल्डकपको उपाधि सँगै  खेलाडीले व्याक्तिगत प्रदर्शनको आधारमा वेस्ट स्कोर र  वेस्ट प्लेयर अफ दि टुर्नामेन्टको पुुरस्कार तथा ट्रफि पाउने आयोजक समितिका उपाध्यक्ष कुबेर लुईटेलले वताए ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment