झापा गोल्डकपः नेपाल पुलिस क्लवलाई पराजित गर्दै संकटा क्वार्टरफाइनलमा


झापा, २२ फाल्गुनः उत्तम राईको निर्णायक गोलमा नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै संकटा क्लब पाँचौ झापा गोल्डकपको क्वार्टरफाइलनमा प्रवेश गरेको छ ।

डोमालाल राजवंशी मैदान बिर्तामोडमा उत्तमले २१औं मिनेटमा गरेको गोल संकटको जितमा पर्याप्त बन्यो । उत्तमलाई गोलका लागि फोडे फोफोनको असिस्ट गरेका थिए ।

पुलिसविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका फोफोना खेलको म्यान अफ दी म्याच चुनिए । उनले नगद नौ हजार नौ सय ९९ रुपैयाँ प्राप्त गरे ।

संकटाले सेमिफाइलन प्रवेशका लागि थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा बाई पाएपछि थ्री स्टारले सोझै क्वार्टरफाइलनमा प्रतिस्पर्धा गर्ने भएको हो ।

लिग कम नकआउट पद्दतीमा सञ्चालन भइरहेको प्रतियोगिताको पहिलो खेलमा यसअघि शनिबार सातदोबाटो युथ क्लबले जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।

शनिबारदेखि सुरु भएको प्रतियोगितामा दुई भारतीयसहित १० टोलीको सहभागिता छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment