बसको ठक्करबाट स्कुटी चालकको मृत्यु


पाल्पा २२ फाल्गुन। पाल्पाको तानसेन–८ भालेबाँसमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका–२ खहरेका २७ वर्षीय ऋषिकेश सारू रहेका छन् ।
आइतबार दिउँसो बुटवलबाट पाल्पातर्फ आइरहेको लु २ ख ८३५ नम्बरको बसले पाल्पाबाट बुटवलतर्फ गइरहेको लु ७७ प २२०२ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक सारू गम्भीर घाइते भएका थिए ।
घाइते सारुको उपचारको क्रममा तानसेनको प्रभासस्थित लुम्विनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी (प्र.नि.) लक्ष्मण पचभैयाले जानकारी दिए ।
घटनापछि बस र बस चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment