पल शाहलाई थप १२ दिन थुनामा राख्न अदालतको अनुमति


काठमाडौं २२ फाल्गुन। नाबालिग गायिकामाथि जबर्जस्तिकरणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखिने भएको छ । आज जिल्ला अदालत तनहुँले अभिनेता शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति दिएको हो ।
यसअघि अभिनेता शाहलाई ७ दिन थुनामा राखेर प्रहरीले अनुसन्धान गरेको थियो । तर, हप्ता दिनमा प्रहरीले अनुसन्धानलाई पूर्णता दिन नसकेपछि थप अनुसन्धानका लागि समय मागेको थियो ।
थप समयका अभिनेता शाहलाई जिल्ला अदालत लगिएको थियो । अदालत थप समय दिएसँगै भोलिदेखि अदालतमा उनको बयान सुरु हुने बताइएको छ ।
गत फागुन १५ गते अभिनेता शाहले आफै तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment