धरानकी व्यवसायी एवम् संचारकर्मी सुनिता केसी घरमै मृत अवस्थामा फेला


धरान, २२ फाल्गुनः  संचार लगायत विभिन्न व्यवसायमा आवद्ध रहेकी धरान उपमहानगरपालिका वडा नम्बर १५ पुष्पलाल मार्गकी सुनिता केसी घरमै मृत अवस्थामा भेटिएकी छन् ।


केसीको मृत्युको कारण हालसम्म खुलि नसकेको प्रहरीले बताएको छ । पेट्रोलियम डिलर एसोसिएसनकी केन्द्रीय सदस्य तथा पत्रकार महासंघको साधारण सदस्य समेत रहेकी केसी घरको पङ्खामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनि क्लिक धरान डटकमकी प्रर्बन्ध निर्देशक पनि हुन् ।
महिला सञ्जाल धरान नगरकी सदस्य, धरानस्थित इलाका प्रहरी कार्यालयमा निर्माणाधीन हिरासत भवनको अध्यक्ष समेत रहेकी केसीको मृत्यु कारण आर्थिक भएको हुन सक्ने आकलन गरिएको छ । मृतक केसी धरानका समाजसेवी महेश्वर राईकी धर्मपत्नी हुन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment