ब्राउनसुगर सहित कानेपोखरीबाट ३ जना पक्राउ


इटहरी, फाल्गुन २२:  मोरङको कानेपोखरी गाउँपालिका ५ भौसाबारीबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका ५ का २२ बर्षीय प्रकाश ढकाल, २९ बर्षीय बिक्रान्त चौधरी र सोही स्थानका सुमन भुजेल रहेका छन् ।
शुक्रबार बेलुका पौने ७ बजे गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटी गएको प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध ब्राउनसुगर १२ ग्राम २३० मिलिग्राम बरामद गरेको थियो । लागुऔषध सहित पक्राउ परेका तीनै जनाको बिषयमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment