ललितपुरमा भेटिए एकै घरमा ४ जना मृत, अर्का २ दिनका शिशुको पनि मृत्यु, कारण खुल्न बाँकी


काठमाडौं २३ फाल्गुन । ललितपुरमा दुई दिनको शिशूसहित एकै घरका ५ जनाको मृत्यु भएको छ । जिल्लाको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुका उनीहरुको मृत्यु भएको हो ।
जसमध्ये ४ जना घरमै मृत फेला परेको र अर्का दुई दिनको शिशू (छोरा)को भने उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको मृत्युको कारण भने खुलेको छैन ।
मृत्यु हुनेहरुमा ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुष्मा, ७ वर्षीय आस्मा तामाङको मृत्यु भएको हो । त्यस्तैगरी अर्का शिशूको भने उपचारका क्रममा मृत्यु भएको प्रहरीेले जनाएको छ ।
ती घरकै गम्भीर अवस्थामा फेला परेका २२ वर्षीय शुभ तामाङ उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्नका लागि चिकित्सकको टोलीसहित ललितपुर प्रहरी प्रमुख पनि घटनास्थलमा गइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment