१५ वर्षकी आफ्नै विद्यार्थीलाई जङ्गलामा लगेर घरीघरी बलात्कार गर्ने २७ वर्षका शिक्षक पक्राउ


अर्घाखाँची २३ फाल्गुन । जिल्लाको एक शिक्षक आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले बिज्ञप्ति निकालेर ती शिक्षकले विद्यार्थीलाई जंगलमा लगी पटक-पटक बलात्कार गरेको खुलेको जनाएको छ । यद्यपि प्रहरीले पक्राउ परेका शिक्षकको नाम भने सार्वजनिक गरेको छैन ।
प्रहरीका अनुसार पक्राउ जिल्लाको मालारानी गाउँपालिकाको एक विद्यालयका २७ वर्षीय शिक्षक हुन् । उनले १५ वर्षीया आफ्नै विद्यार्थीलाई घर जनिकैको  लगेर पटक-पटक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।
निज शिक्षकले घर नजिकैको जंगलमा लगेर ती विद्यार्थीलाई पहिलोपटक जबरजस्ती करणी गरेको र पछिल्लाे समय दैनिकजसाे ती १५ वर्षीया नाबालिका विद्यार्थीलाई बलात्कार गर्ने गरेकाे प्रहरीले जनाएको छ ।
प्रहरीले निकालेको विज्ञप्तिमा  पक्राउ परेका शिक्षकलाई अदालतमा ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
पीडितका परिवारले दिएको उजुरीका आधारमा पीडक शिक्षलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment