झापाकाे भद्रपुरबाट निषेधित लागुऔषधी सहित ५ जना पक्राउ


बिर्तामोड फाल्गुन २५,  झापाको छुट्टाछुट्टै २ स्थानबाट निषेधित लागु औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार दिउँसो वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ५ नँया बजार स्थितमा चेकजाँचको क्रममा बारा निजगढ नगरपालिका ९ का २६ बर्षीय प्रकाश खुलाल र बझाङ सुर्मा गाउँपालिका ३ का २२ बर्षीय संजिव बोहरालाई नाईट्राजेपाम ४५० ट्याबलेट र ट्रामाडोल १६ क्याप्सुल सहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी अर्जुनधारा नगरपालिका ११ स्थितमा अस्थायी प्रहरी बिट नयाँ बसपार्क बिर्तामोडबाट खटिएको प्रहरी चेकिङ टोलीले प्रदेश १-०१-००२ ह १०१ नम्बरको अटो ट्याम्पोलाई चेकजाँच गर्ने क्रममा अटो चालकको सिट मुनी लुकाइ छिपाइ राखेको लुपिजेसिक-२०० एम्पुल, एबट-२०० एम्पुल, डाईजेपाम -२०० एम्पुल र नाईट्राभेट ३०० ट्याब्लेट बरामद गरेको छ ।
प्रहरीले अटोचालक भद्रपुर १ का २३ बर्षीय सुमन मिश्र, अटोमा सवार सोही स्थानका २७ बर्षीय युगल खत्री र २४ बर्षीय शंकर लिम्बुलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका ५ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment