झापाको मेचिनगरबाट लागूऔषध सहित आमा छोरा पक्राउ



झापा ९ चैत्र । झापाको मेचिनगर नगरपालिका–१० बाट लागूऔषध सहित आमा छोरा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोहि स्थानकी ४५ बर्षीया मैनी खातुन र छोरा २५ बर्षीय मेबुव आलम रहेका छन् ।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले खातुनको घरमा चेक जाँच गर्दा ९ ग्राम ३२ मिलिग्राम ब्राउनसुगर, २४ ग्राम गाँजा, डिजिटल तराजु १ थान नगद ९ हजार ५ सय साठी रुपैया र बिभिन्न कम्पनीका मोवायल ९ थान बरामद गरेको हो ।

प्रतिवन्धित लागूऔषध सहित पक्राउ परेका आमा छोराको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment