प्यूरेका पहिरो पिडितलाई गर्यो र‍ोङ गाउँपालिकाले आर्थिक सहयोग

  •  गोबिन्द पौडेल 

२५ फाल्गुण, २०७८

इलामको रोङ गाउँपालिकाले पहिरो पिडितलाई आर्थिक सहयोग गरेको छ । वडा नम्बर ३ र ४ प्यूरेका १३ घरपरिवार पहिरो पीडितलाई गाउँपालिकाले आर्थिक सहयोग गरेको हो ।  २०६८ सालदेखि पहिरो बग्न थालेको थाहा भएपनि २०७२ सालबाट पहिरोले गाउँ जोखिम बनाएर १३ परिवार बिस्थापित भएका छन्।पहिरो पिडित बनेका १३ घर( परिवारलाई प्रति परिवार एक लाख रुपियाँका दरले बुधबार पहिरो प्रभावित क्षेत्रमै पुगेर पालिका अध्यक्ष ,उपाध्यक्ष विभिन्न वडाका अध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत,अन्य जनप्रतिनिधि ,कर्मचारी ,विभिन्न दलका प्रतिनिधि ,सामाजिक ब्याक्तिको उपस्थितिमा सहयोग स्वरुप चेक हस्तान्तरण गरिएको छ । 
पहिरो पीडितलाई घर (जमिन ब्यावस्थापन गर्न रकम दिईएको अध्यक्ष शम्सेर राईले जानकारी दिनु भयो । अध्यक्ष राईका अनुसार २०७४ सालमा स्थानीय तहको निर्वाचन पछि आफुहरु निर्वाचित भएर आउदाबाट नै चुरे र जोखिम क्षेत्रको रोकथाम र नियन्त्रण गर्नका लागि निरन्तर रुपमा लागिरहदा पनि यसपटक मात्र सामान्य सहयोग गर्न सकेको बताउनुभयो  ।धेरै कागजात संघमा पुर्याएका छौ ,प्रकृया अगाडि बढिरहेको वहाँको भनाई छ ।प्रदेशबाट १० लाख बिनियोजन भएर पहिरोको फेदमा बाध बाध्ने काम अगाडि बढेको भएपनि निरन्तर बगेको पहिरोले पुरिसकेको छ ।
पालिकाले एकीकृत बस्ती बिकास गरी अन्यत्र सार्न खोज्दा पीडितले गाउँ छोड्न नमान्ने र जमिन खरिदको प्रक्रिया झन्झटीलो हुँने भएकाले ब्यक्तिले जमिन खरिद गर्ने गरी  रकम उपलब्ध गराईएको हो। 
पालिकाले यस अघि नै टंक थापाको संयोजकत्वमा सुकुम्बासी समस्या समाधान समिति गठन गरी ब्यवस्थापन गर्ने काम गरेको थियो । उक्त समिति मार्फत गाउँपालिकाले प्रदेश सरकार र संघीय सरकारलाई पहिरो पीडितको ब्यवस्थापन गर्ने कार्ययोजना सहित प्रतिवेदन बुझाएको थियो । 
पहिरोबाट बिस्थापित याम प्रसाद मगर, मनकुमारी लाप्चा, कौशिला खड्का,टंक बस्नेत, नरबहादुर बस्नेत, 
टेक बहादुर पिठाकोटी, इन्द्र बहादुर पिठाकोटी, भिम बहादुर मगर, बल बहादुर मगर, हस्त कुमारी मगर, भुवन कुमार बस्नेत, सन्त बहादुर लाप्चा,  र खड्ग बहादुर राईको परिवारलाई प्रतिब्याक्ति एक लाखका दरले चेक दिईएको छ । 
पहिरो प्रभावित सबै किसान हुन् ।  पहिरोबाट बिस्थापित भएका भुवन बस्नेतले हिउँदमा आनन्द भएपनि बर्षायामा रातकाट्न कष्ट हुने बताए ।  अर्का पिडित भिम बहादुर मगरले आफनो परिवारको  जमिन बगाएपछि सुकुम्बासी भएको बताउनु भयो । यो रकमको सदुुपयोग गरेर बस्ने ब्यवस्था मिलाउने बनाउनु भयो । 
गतबर्ष अभिरल बर्षाका कारण थप पहिरो गएकाले जिल्ला प्रशासन कार्यालय इलामले पहिरो पीडितलाई राहत स्वरुप प्रति परिवार १५ हजारका दरले आर्थिक सहयोग गरेको थियो । उसोत उपाध्यक्ष चन्द्रकला राईले २०७२ सालबाट पहिरो जाने क्रम बढ्दै गएकाले गाउँ जोखीममा रहेको बताउनु भयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दहालका अनुसार पालिकाले दिएको उक्त रकम दुरुपयोग नहोस भनेर वडाले निगरानी गर्ने ब्यवस्था गरिएको छ । उहाँका अनुसार वडाले समन्वय गरेर जमिन खरिद गर्न र अस्थाई घर निर्माणको प्रक्रिया थालिने छ । २०६८ साल भन्दा पहिला उक्त क्षेत्रमा भूगर्भ बिभागको एक टोलीले तामा खानी रहेको भन्दै उत्खनन समेत गरेको थियो । उक्त जमिनको माटो र ढुंगा उत्खनन गरी अन्यत्र लैजान थालेपछि पहिरो झर्न शुरु भएको साबिक इरौटार गाबिसका अध्यक्ष हेम कार्कीको भनाई छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment