युक्रेनको राजधानी कीभको केन्द्रमा शक्तिशाली विस्फोटन


एजेन्सी१ चैत्र । युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटन गरिएको छ । ती विस्फोटनहरुको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् ।

उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन । एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न नसकेको जनाएका छन् ।
विस्फोटनपछि किएभस्थित एउटा आवासीय भवनमा आगलागी भएको युक्रेनको सरकारी समाचारसंस्था युक्रिनफोर्मले जनाएको छ ।
यसबारे थप जानकारी आइसकेको छैन । केही समयअघि सहरको पश्चिमपट्टि बाहिरी भेगमा दुईवटा विस्फोटन भएको स्थानीय टेलिभिजन च्यानल युक्रेन २४ ले जनाएको बिबिसीमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment