आगलागी हुँदा बालकको मृत्यु


सप्तरी । जिल्लाको बोदेबर्साइन नगरपालिका–१० अमरैंया टोलमा आगलागीमा परी एक बालकको मृत्यु भएको छ । स्थानीय प्रत्यक्षदर्शी जितेन्द्र साहका अनुसार शुक्रबार करिब ३ बजेतिर आगलागी भएको थियो ।

उनका अनुसार आगलागीमा परी स्थानीय शत्रुधन यादवको आठ वर्षीय छोरा शैलेश कुमार यादवको मृत्यु भएको हो । बालक घरभित्रै रहेको अवस्थामा शत्रुधनको चारकोठे घरमा एकाएक आगो सल्किएको आफूहरुले देखेको उनले बताए ।

फुसको गोठ हुँदै पक्की घरमा आगो सल्किसकेको र नियन्त्रणमा ढिलाई भएकोले घरभित्र रहेका बालकको ज्यान गएको हो । क्षति विवरण ऐकिन गर्न नसकिएपनि लाखौँको धनमालको क्षति भएको सप्तरी प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए । आगालागीमा परी ज्यान गुमाएका शैलेशको बुवा भने विदेशमा रहेका छन् । आमा घरकै काममा व्यस्त भएकी बेला बालक भने कसरी एकाएक आगोको चपेटमा आयो ? के कारणले आगलागी भयो भन्ने ऐकिन गर्न नसकिएको स्थानीय धनकिशोर साहले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment