विर्तामोडका सञ्जिव बराइलीसँग विवाह गर्दै मेलिना राई, इन्गेजमेन्टको तस्वीर सार्वजनिक


काठमाडौं २ बैशाख । गायिका मेलिना राई विवाहको तयारीमा रहेकी छन् । गायिका राईले सञ्जिव बराइलीसँगको तस्वीर सेयर गर्दै विवाहको तयारीमा रहेको जानकारी गराएकी हुन् ।

गायिका राईले सामाजिक सञ्जालमा सञ्जिवसँगको तस्वीर सेयर गर्दै इन्गेजमेन्ट पनि भइसकेको जानकारी गराएकी छन् ।
दुई वर्ष अगाडि नै मेलिना र सञ्जिवले इन्गेजमेन्ट गरेको खबर बाहिरिएको छ । यसैबर्ष उनीहरू वैवाहिक बन्धनमा बाँधिने तयारीमा छन् । विर्तामोड घर भएका सञ्जिव गिटारिस्ट तथा कम्पोजर हुन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment