झापामा उम्मेद्वार तालमेलका विषयमा सहमति नजिक गठबन्धन


झापा,  २ बैशाख:  स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी तालमेलका विषयमा प्रतिगमन विरुद्ध संघर्षरत पाँच दलीय गठबन्धनको बैठक बिर्तामोडमा सम्पन्न भएको छ ।
आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि झापाका १५ वटा स्थानीय तहमा उम्म्द्वारको टुङ्गो र उम्मेद्वार तालमेलका विषयमा बैठकमा छलफल भएको थियो । छलफलमा सहभागी नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईका अनुसार आज भएको वैठकमा उम्मेद्वारी तालमेलका विषयमा भएको छलफल सहमति नजिक पुगेको हो । भोलि शनिवार अपरान्हसम्ममा पाँच दलीय गठबन्धनले उम्मेद्वारी तालमेल सहमति पत्रमा हस्ताक्षर गर्ने सम्भावना रहेको सचिव हुमागाईले बताए ।
गठबन्धन दलका झापा जिल्ला संयोजक तथा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश नम्वर १ का कृषि मन्त्री झलकसिंह दर्लामी सन्देश, संविधान सभा सदस्य मोहन टुडु, माओवादी केन्द्रका प्रदेश कमिटी सचिवाालय सदस्य सीपी कडरिया , झापा अध्यक्ष राजु आचार्य अग्नि, नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटव्यूरो सदस्य भाष्कर काफ्ले, निलमणि वराल, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नित्यानन्द ताजपुरिया, झापा अध्यक्ष दीपेनवाला राई लगायत वैठकमा सहभागी थिए । वैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment