रुसी रक्षामन्त्रीलाई ‘हार्टअट्याक’ !


एजेन्सी । रुसका रक्षामन्त्री सर्गेई सोइगुलाई हृदयघात भएको खुलेको छ । ६६ वर्षीय नेता सर्गेई सोइगुलाइ ठूला हृदयघात भएको र उनी अहिले आफ्नो जीवनका लागि संर्घष गरिरहे गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनलाई हाल सघन उपचार कक्षमा राखेर उपचार गरिदै आएको जनाइएको छ । एक ६२ वर्षीय रुसी व्यापारी लियोनिद नेभ्जलिनले सामाजिक संजाल फेसबुकमा भनेका छन्, ‘सोइगु अहिले जीवन मरणको दोसाँधमा छन् । बाँचे भने उनी असक्त बन्न सक्छन् । उनलाई अचानक हृदयघात भयो । प्राकृतिक कारणले हृदयाघात नभएको हल्ला चलेको छ। ’

ती व्यपारी रुसी राष्ट्रपति भ्लादमिर पुटिनको बिरोधी भएकोले स्वतन्त्र पुष्टि भने भएको छैन । यद्यपि विभिन्न सञ्चार माध्यमहरुले भने यस भनाइप्रति विश्वास गर्न सकिने तर्कहरु प्रस्तुत गरेका छन् ।

ती व्यपारीले रक्षामन्त्रीलाई अस्वभाविक हृदयघात भएको दावी गरिरहेका छन् । २४ फेब्रुवरीमा युक्रेनमा युद्ध सुरु गरेदेखि युक्रेनमा तैनाथ रुसी सेनाहरूले परिस्थितीलाई सहज भने मानेका छैनन ।

उनीहरुले युक्रेनबिरुद्ध रणनीति परिवर्तन गर्न भने सकिरहेका छैनन । रुसी रक्षामन्त्रीको त्यो अवस्थाले पनि रुसी सैनिकहरुमा त्यो सकस परेको हुन सक्ने अनुमान गर्ने ठाउँ प्रशस्तै रहेका छन् ।

यसका साथै युक्रेनले रुसमाथि प्रतिकार गर्न सफल भएको र १५ हजारभन्दा बढी रुसी सेनाको ज्यान लिन सफल भएको दावी गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment