दीपशिखा’को टिप्पणी – ‘प्रसाईँ जी सन्तुलन नगुमाउ, थुतुनो जथाभावि बोल्नलाई मात्रै होईन’


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं वाइसिएलका इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ दुर्गाप्रसाइँमाथि खनिएका छन् ।

सामाजिक संजालमा स्टाटस लेख्दै ‘दीपशिखा’ले दुर्गा प्रसाईँलाई मानसिक सन्तुलन ठिक नभएको टिप्पणी गरेका हुन् । नेकपा (एमाले)केन्द्रीय सदस्यसमेत रहेको व्यवसायी दुर्गा प्रसाईँलाई माओवादी केन्द्रले जिल्ला समितिमा नपत्याएको मान्छेलाई एमालेले केन्द्रीय सदस्य बनाएपछि उनको मानसिक सन्तुलन ठिक नभएको ‘दीपशिखा’को टिप्पणी छ ।

उनले भनेका छन्, ‘नेकपा (माओवादी केन्द्र)ले जिल्ला समितिमा नपत्याएको मान्छेलाई एमालेले केन्द्रीय सदस्य बनाएपछि उनको मानसिक सन्तुलन कसरी ठिक होस् त !’

प्रसाईको भनाइले आफूहरु मुख खोल्न बाध्य हुनुपर्ने हो ? भन्दै प्रश्नसमेत गरेका छन् । उनले प्रसाईँलाई सन्तुलन नगुमाइ जथाभावी मुख नचलाउनसमेत चेतावनी दिएका छन् ।

‘प्रसाई जि, हामीले मुख खोल्नपर्ने हो ? सन्तुलन नगुमाउ, थुतुनो जथाभावि बोल्नलाई मात्रै होईन,’ उनले लेखेका छन् ।

त्यस्तैगरी ‘दीपशिखा’ले नेकपा एमालेले एक कार्यक्रममा २२ हजारलाई एमालेमा प्रवेश गराएको भनाइलाई खण्डन गर्दै २०० पनि उपस्थित नभएको कार्यक्रममा २२ हजार प्रवेश गराइयो भन्दै हास्य श्रृखला चलाएको टिप्पणी गरेका छन् ।

यो श्रृखलाले हाँसो नै लजाएको उल्लेख गरेका छन् ।

‘अँ हामीले २०० उपस्थित नभएको कार्यक्रममा २२ हजार प्रवेश गरेको हास्य शृंखला हेर्यौं १ हॅासो लजाएर लाज मर्नु भा’को छ,’ उनले भनेका छन्। एमाले केन्द्रीय सदस्य प्रसाईँले बुधबार भक्तपुरमा तरकारी बजार उद्घाटन गर्दै नेकपा माओवादी केन्द्र र नेकपा (एस)ले आगामी निर्वाचनमा एक क्षेत्र जिते आफ्नो सबै सम्पति त्यागेर वृन्दावान जाने भन्दै कटाक्ष गरेका थिए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता