नेपालको पहिलो शहीद लखन थापा होइनन् बाकावीर हुन् : ओली


काठमाडौं । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लखन थापा नेपालको पहिलो शहीद नभएको बताएको छन् ।

शुक्रबार एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) द्वारा आयोजित केन्द्रिय कमिटीको प्रथम बैठक तथा विस्तरित भेलालाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले नेपालको पहिलो शहीद बाकावीर भएको बताएका हुन् ।

अध्यक्ष ओलीको अनुसार पहिलो शहीदको विषयको बुझाइमा सबैमा दोधारपन रहेको छ र बाकावीर राणाशासनविरुद्ध लडेर पहिलो शहीद भएका हुन् । उनीपछि पहिलो शहीद भनिएका लखन थापा र योगमायाहरुले विद्रोह गरेको अध्यक्ष ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले भने, ‘बैतडी, बझाङ कतातिर हुन् बाकावीरले पहिलोपल्ट राणाशासनविरुद्ध लड्नुपर्छ भनेर सेना नै संगठित गरेका थिए र उनलाई पछि राणा शासनले गिरफ्तार गरेर हत्या गरेको थियो । र, उनी पहिलो शहीद हुन् । पहिलो शहीदको सम्बन्धमा कन्फ्युजन पनि छ । चर्चा नभएर पनि हो । बाकावीर नेपालको राजनीतिक जाँगरणको र स्वतन्त्र अधिकार प्राप्तिको पहिलो शहीद हुन् । त्यसपछि अनेक आन्दोलन हुँदै गए । पछि लखन थापा व्रिदोहलाई लिन सक्छौँ, योगमायाको विद्रोह र अरु विद्रोहलाई लिन सक्छौँ ।’

अध्यक्ष ओलीले नेपालको पहिलो शहीद बाकावीर भने पनि लोक सेवाको पाठ्यक्रममा र अहिलेसम्म नेपालको पहिलो शहीद भनेर लखन थापालाई चिनिन्छ । विकिपिडियाका अनुसार लखन थापा मगर नेपालका पहिलो शहीद हुन् ।

उनलाई सन् २००० फ्रेबुअरी २३ मा तत्कालीन नेपालको श्री ५ को सरकारबाट शहिद घोषणा गरिएको थियो। राणा शासनविरूद्ध विद्रोह गरेका मगरलाई वि सं १९३३ मा गोरखा जिल्लाको मनकामना मन्दिर परिसरको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment