भारतीय विदेशमन्त्री जयशंकरसँग भेटेपछि प्रधानमन्त्री देउवा भाजपाको कार्यालयमा


काठमाडौं १८ चैत्र। शुक्रबारदेखि तीन दिने भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेपश्चात् सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा पुगेका छन् ।
विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटवार्तापछि प्रधानमन्त्री देउवा भाजपाको कार्यालयमा पुगेका हुन् ।

भाजपाको कार्यालयमा स्वागतपश्चात् प्रधानमन्त्री देउवाको टोलीलाई नयाँदिल्लीस्थित नेपाली दूतावासमा रात्रीभोजको आयोजना गरिएको छ । भोलि शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने र आइतबार बनारसको भ्रमण गरेर त्यहीँ दिन नेपाल फर्किँदैछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment