मुसेपानीमा एक महिलाको शंकास्पद मृत्यु, धामीझाँक्रीसहित सात जना पक्राउ


कञ्चनपुर । जिल्लाको वेदकोट नगरपालिका–७ को मुसेपानीमा एक महिलाको शंकास्पद मृत्युु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको शंकास्पद अवस्थामा शव फेला परेको हो ।

प्रहरीका अनुसार रञ्चुलाको आफ्नै नातेदार पर्ने स्थानीय कमला साउदको घरको आँगनबाट शंकास्पद अवस्थामा उनको शव बरामद गरिएको हो । घटना शंकास्पद भएकाले सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरकै भीमदत्त नगरपालिका–७ का धामीझाँक्री धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका–१ का नारायणदत्त भट्टसहित सात जना स्थानीय रहेका प्रहरीले जनाएको छ । झारफुक गर्ने क्रममा कुुटपिट गरी रञ्चुलाको हत्या गरेको आरोपमा दुवै जना धामीझाँक्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment