इलमको रोङमा अवैध मोटर पार्ट्स, गाडि सहित १८ लाखको सामान बरामत


इलाम, ३ बैशाखः  रोङ गाउपालिका  ४ किटेनि स्थित किटेनिबाट मानेबुङ जाने भित्रि सडक खण्डमा इलामबाट झापा तर्फ जादै गरेको  प्रदेस न. १–०१–००१ च ७६९१ नम्बरको पिकअप गाडि प्रहरी चौकी किटेनिबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलिले चेकजाच गर्ने क्रममा बिना बिलको मोटर पार्ट्स (सवारी साधनको सामन) अन्दाजी चौध लाख सैतिस हजार तिन सय  बराबरको सामान र उक्त पिकअप गाडि नियन्त्रणमा लिएको, चालक फरार रहेकोले खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

पिकअप गाडि सहित अठार लाख  बराबरको सामान इलाका प्रहरी कार्यालय  पशुपतिनगरमा ल्याई राखिएको  बरामद भएको सामन आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय पशुपतिनगरमा बुझाउने पहल भईरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले जानकारी गराए। 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment