इलामकाे सूर्योदयको नगर प्रमुखमा नेपाली काग्रेसबाट ११ जना उप–प्रमुखमा ६ जनाको दाबी


सूर्योदय नगरपालिका इलाममा नेपाली काग्रेसबाट नगर प्रमृखमा ११ जनाले दाबी गरेका छन् । प्रदेश १ को पहाडी जिल्लाको सबैभन्दा ठुलो नगरपालिका सुर्योदयको उप–प्रमुखमा ६ जनाले दाबी गरेका छन् । नगर प्रमुखमा प्रथम स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा पराजित प्रेमलाल राई, नेपाली काग्रेसका इलाम क्षेत्र नं १ का निवर्तमान क्षेत्रिय सभापति  दुर्गा बराल, भिष्म प्रधानको दाबी छ । नगर प्रमुखको दाबी गर्नेमा उद्धव पौडेल, निस्कल राई, मोहन श्रेष्ठ, मिलन क्षेत्री, हरि लुइटेल, राजकुमार सेरेङ, जीवन नेपाल र देवेन्द्र राई छन् । प्रथम स्थानीय तहको निर्वाचनमा पराजीत भएका पुनः नगर प्रमुखमा दाबी गरेका प्रेमलाल राई पुराना काग्रेसका नेता हुन् । उनी अहिले नेपाली काग्रेसको महासमिति सदस्य हुन् । भिष्म प्रधान नेपाली काग्रेस तत्कालीन क्षेत्र नम्बर १ का सभापति हुन् । अहिले उनी संघीय निर्वाचन क्षेत्र  १ का सदस्य हन् । त्यसै दुर्गा बराल इलाम क्षेत्र नं १ का निवर्तमान क्षेत्रिय  सभापति हुन् । उनी अहिले नेपाली काग्रेस जिल्ला कमिटी सदस्य हुन् ।
मेयरमा दाबी गरेका उद्धव पौडेल महाधिवेशन प्रतिनिधि हुन् भने अर्का दाबेदार निस्कल राई इलामको संघीय निर्वाचन प्रदेश सभा २ का नेपाली काग्रेस सभापति हुन् । नेपाल पत्रकार महासंघका साधारण सदस्य हरि लुइटेलले पनि अहिले नगर प्रमुखको दाबी गरेका छन् । उनी नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि हुन् । नगर प्रमुखको दाबेदारीमा नेपाली काग्रेसका पुराना नेता माेहन श्रेष्ठको पनि छन् । त्यस्तै नेपाली काग्रेस क्षेत्रीय सचिव  राजकुमार सेरेङको पनि नगर प्रमुखमा दाबी छ । उनी सूर्योदय नगरपालिका १ का वडाध्यक्ष हुन् । नगर प्रमुखमा दाबी गरेका जीवन नेपाल अहिले सूर्योदय नगरपालिकाको नेपाली काग्रेस सभापति हुन् । नगर प्रमुखमा दाबी गरेका देवेन्द्र राई नेपाली कागे्रस महाधिवेशन प्रतिनिधि हुन् ।
नगर उप–प्रमुखमा दाबी गर्ने बन्दना अधिकारी सूर्योदय नगरपालिका नेपाली काग्रेसकी महिला नेतृ हुन् । सामाजिक क्षेत्रमा क्रियासिल बन्दना नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि र नेपाल महिला संघ क्षेत्र नम्बर १ की सभापति हुन् । उनी प्रथम स्थानीय तहको निर्वाचनमा उप–प्रमुखमा टिकट पाएर पराजित भएकी थिइन् । सूर्योदय नगर उप–प्रमुखमा नेपाली काग्रेस नगर उप–सभापति निर्मला अग्रवाल, महाधिवेशन प्रतिनिधि देवी कट्टेल, नेपाली काग्रेस संघीय निर्वाचन क्षेत्र प्रदेश १ की सभापति मैैया लिम्बुको दाबी छ । उनी सूर्योदय नगरपालिका वडा नम्बर १ की वडा सदस्य हुन् । उप प्रमुखमा दाबी गर्ने राधिका क्षेत्री जिल्ला सदस्य हुने भने सीता घिसिङ संघीय निर्वाचन क्षेत्र प्रदेश १ की सह-सचिव हुन् ।
लाेकल सन्देशबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment