इलाममा सहारा नेपाल साकोसको २७ औँ स्थापना दिवस कार्यक्रम सम्पन्न


इलाम, २४ चैत्रः सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड को संस्थाको २७औैैैैैैैैँ वार्षिकोत्सव कार्यक्रम इलाम को होटल हाम्रो पोख्रेली इलाममा सेवाकेन्द्र इलामले सेवाकेन्द्रमा नै तय गरेको “उद्यमी लाई प्राथमिकता प्रदान गर्दे पहिलो दर्जा,उद्यमशीलता विकाशका लागि सहाराको वचत र कर्जा”भन्ने मूल नाराका साथ विहिबार विविध कार्यक्रम गरि सम्पन्न गरेको छ ।


सेवाकेन्द्र कर्मचारी सम्झना गुरुङको सञ्चालन र इलाम नगरपलिकाका नगर प्रमुख महेश बस्नेत ज्यूको प्रमुख आतिथ्यता, इलाम नगरपलिकाका प्रमुख प्रशासकिय अधिकृत काली वहादुर भुजेल ज्यूको विशेष आतिथ्यतामा सिंहनगर सहारा महिला समूहकि अध्यक्ष संगिता खड्गीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सेवाकेन्द्र कर्मचारी अनुप रिजालले सहभागिहरुलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रमको व्यवस्थापन सेवाकेन्द्र कर्मचारी सरस्वती कार्कीले गर्नुभएको थियो । कार्यक्रममा इलाम नगरपालिका ६ कि वडा सदस्य इन्दिरा पौडेल क्षत्री, युवा व्यवसायी विनोद न्यौपाने, सानिमा विकाश बैक इलामकी  प्रबन्धक समिता बस्नेत, उद्योग वाणिज्य संघ इलामका कार्यकारी सचिव नविन लामिछाने, स्यारोन कन्सल्टेन्टका दिपक चौधरी, मोडर्न कलेजका अध्यापक शुरेश काफ्ले, माइपोखरी न्युज अनलाइनका सञ्चारकर्की विनय तिम्सिना लगायतको आतिथ्यता रहेको थियो। 
संस्थाका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरी एवम् इलाम अनुगमन अधिकृत तोयानाथ आचार्यबाट संस्थाको २७औँ वार्षिकोत्सवको अवसरमा सम्पन्न सेवाकेन्द्रले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रम सफलताका लागि पे्रषित शुभकामना सन्देश सेवा केन्द्र प्रमुख के.पी.लुईटेलले वाचन गरेर सुनाउनु भएको थियो ।
सेवा केन्द्रको प्रगति प्रतिवेदन,समग्र संस्थाको वर्तमान वासलात,गतिविधि तथा क्रियाकलाप,स्मार्ट सर्टिफिकेशन,एटिएम सेवा,मोबायल बैँकिग सेवा,क्युआर कोड एवम् वित्तिय साक्षरता,संस्थाका मुख्य मुख्य वस्तु तथा सेवाहरु,कोरोना पोषण सामग्री वितरण तथा पोषण सुविधाका लागि उपलब्ध गराइएको नगद रकम आदिका बारेमा समेत सेवा केन्द्र प्रमुखले जानकारी गराउनुभएको थियो । कार्यक्रममा सेवा केन्द्र अन्तर्गत सञ्चालित समूहहरुमध्ये गोलबस्ती स.म.स समूह नं. १०६ र सिर्जनशील स.म.स. समूह नं. ०४७ लाई सेवा केन्द्रले “सामाजिक र आर्थिक हितका लागि हाम्रो एकता,परिश्रमी स्वाभिमानी हामी र हाम्रो वित्तिय सक्षमता”भन्ने नारा तय गरि उत्कृष्ट समूहको रुपमा तथा पुवाजुड्ड स्थित मखमली स.म.स. समूह नं.०१३ कि सदस्य भक्तिमाया बम्जन र सन्दकपुर १ भित्तेस्थित किरात स.म.स.समूह नं.०५९ कि सदस्य विष्णु कुमारी राई लाई सेवा केन्द्रले “समूह नै धितो हाम्रो समूह नै जमानी,उद्यमी व्यवसायी बनी बनौ स्वाभिमानी”भन्ने नारा तय गरि उत्कृष्ट उद्यमि सदस्यको रुपमा सम्मानपत्र र मायाको चिनो द्धारा प्रमुख अतिथि तथा विशेष अतिथिका करकमल बाट सम्मान गरिएको थियो । 
कार्यक्रममा विभिन्न सहारा महिला समूहका सदस्य तथा अभिभावकहरुको गरी करिब १०० जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुखले संस्थाको वचत तथा ऋणको कारोवार मात्र नभई सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु समेतको प्रशंसा गर्नुभएको थियो ।वचत को महत्व सबैले बुझनुपर्ने र वर्तमान अवस्थामा देशमा देखापर्न गएको आर्थिक  संकटको संकेतप्रति सचेत रहदै वचतको रकम परिचालनमा ध्यान दिनुपर्ने तथा सहकारी संघसंस्था जस्ता वित्तिय कारोवार गर्ने वित्तिय सेवा प्रदायकहरुको औद्योगिक क्षेत्रमा पनि योगदान हुन सकेमा मुलुकको वर्तमान तरलताको अवस्थामा सुधार आउन सक्ने कुरा बताउदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना साथ कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अतिथिको तर्फबाट उद्योग वाणिज्य संघ इलामका कार्यकारी सचिव नविन लामिछानेले सहारा नेपाल साकोसले विगतको कोरोना महामारीको बखत खेलेको उल्लेखनिय भूमिका,एक का लागि एक अभियान,पिसिआर ल्याव स्थापना,अक्सिजन बैकको स्थापना लगायतका कार्यहरु सामाजिक उत्तरदायित्व को उत्कर्षको नमुनाको रुपमा रहेको बताउदै आजको कार्यक्रममा धेरै प्रकृतीका नाराहरु तय गरि गरिएको कार्यक्रम थप विशेष आकर्षक र प्रशंसायोग्य रहेको भन्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। 
सम्मानित समूहको तर्फबाट गोलवस्ती स.म.स कि अध्यक्ष उर्मिला वेघाले कार्यक्रम सफलताको शुभकामना साथ आफू आबद्ध समूह सम्मानित भएकोमा खुशी व्यक्त गर्दे आगामि दिनमा समूहलाई थप गुणस्तरिय बनाउन हामी सम्पूर्ण आबद्ध सदस्यहरु लागिपर्नुपने धारणा राख्नुभएको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि,विशेष अतिथि,अन्य अतिथि एवम् सहभागी सम्पूर्ण लाई कार्यक्रमको सेवा केन्द्रले तय गरेको नारा“उद्यमी लाई प्राथमिकता प्रदान गर्दे पहिलो दर्जा,उद्यमशीलता विकाशका लागि सहाराको वचत र कर्जा”अंकित मायाको चिनो सेवाकेन्द्र प्रमुखले हस्तान्तरण गर्नुभएको साहारा नेपाल साकोस सेवा केन्द्र इलाममका प्रमुख केपी लुईटेलले जानकारी गराउनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment